Thursday, May 8, 2014

Ncell Nepal Premier League (NPL) Match Fixture (Tie Sheets)


Ncell Nepal Premier League (NPL) Match Fixture (Tie Sheets)

 २५ बैशाख, काठमाडौ ।
 नेपाल प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघले बिहीवार विज्ञप्ति जारी गरी एक दिवसीय र ट्वान्टी ट्वान्टी प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी एनपीएल क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।

क्यानले यस पटकका लागि दुई दिवसिय प्रतियोगिता रद्द गरी ट्वान्टी ट्वान्टी र एकदिवसीय प्रणालीमा खेल सञ्चालन गरिने भएको जनाएको छ । क्यानका अनुसार प्रतिकुल मौसमका कारण पूर्वको विराटनगर र राजविराजमा निर्धारिण गरिएका खेलहरु पनि स्थगित गरिएकोे छ ।  एक दिवसीय प्रतियोगिता आगामी बैशाख ३१ गतेबाट धनगढी र कञ्चनपुरमा सुरु हुने क्यानले जनाएको छ । प्रतियोगिताकेा पहिलो खेल धनगढीमा सगरमाथा लिजेण्ड र विशाल ग्रुप वारियर्सवीच हुने छ ।

यसैगरी ट्वान्टी ट्वान्टी क्रिकेट खेल भने जेठ २१ गतेदेखि काठमाडौको त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने छन् । ट्वान्टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा भने विशाल ग्रुप वारियर्स र कलर्स एक्सफ्याक्टरवीच प्रतिस्पर्धा हुने छ । जोहरा स्पोर्टस् म्यानेजमेण्टको ब्यवस्थापन र एनसेलको प्रायोजनमा हुन लागेको प्रतियोगितामाकान्तिपुर गोर्खाज, पञ्चकन्या तेज, सगरमाथा लिजेण्ट्स, विशाल गु्रप वारियर्स, कलर्स एक्स फ्याक्टस र, जगदम्बा जाइण्ट्स गरी ६ टोलीले सहभागिता जनाउने क्यानले जनाएको छ ।

खेल तालिका हेर्नुस् :



Ncell NPL T20 Match Fixture


Ncell NPL Tie Sheet Match Fixture

http://lazysansar.blogspot.com/2014/05/ncell-npl-t20-live-stream-exclusive.html

Ncell NPL One Day Match Fixture

 Ncell NPL One Day Tie Sheet Match Fixture

No comments:

Post a Comment