Monday, May 5, 2014

ए मेरो दिल

ए मेरो दिल ,
तँ मलाई कति सताउछस् ,
उ त पराई हो,
तँ आफ्नो भएर नि किन रुँवाउछस् ?
भुली दे उसलाई,
सम्झँनामा कति सजाउछस्,
मगजले त बुझी सक्यो,
तँ अझै उसमै हराउछस्,
उसलाई सम्झी तँ आफै किन कराउछस् ,
अझै पनि उसको सामु आफ्नो धड्कन बडाउछस्,
जितेको त थिस्,
फेरी उसलाई जितको च्यादर किन ओडाउछस् ,
आखाँले त सब देखी सक्यो ,
तँ मुटुबाटै आसुँ बगाउछस् ।
ए मेरो दिल ,
तँ मलाई कति सताउछस् ,
उ त पराइ हो,
तँ आफ्नो भएर नि किन रुँवाउछस् ?

No comments:

Post a Comment