Sunday, March 30, 2014

Cricket Vs Football......Parash Khadka Vs Sagar Thapa

पारस Vs सागर !!

सागर थापा:-

सेकुवा मा झोल हुंदैन
क्रीकेट मा गोल हुंदैन ।।
बिस्वकप नै जिते पनी
नेपाल मा मोल हुंदैन ।।:D

पारस खड्का:-

मैदा को भक्का हुंदैन..
फुटबल मा छक्का हुंदैन
SAFF पनी जित्न सकेनौ..तिम्रो गोल पक्का हुंदैन ।।

सागर थापा:-

तिम्रो कोच राम्रो छ
गणेस थापा चाम्रो छ
फुर्ती नलाउ खड्का जि
अपार्टमेन्ट त हाम्रो छ :D।।

पारस खड्का:-

खत्तम हाम्रो क्यान छ
मावो,को एउटा म्यान छ:D
अपार्टमेन्ट त होला तिम्रो
मेरो जति फ्यान छ ?????

No comments:

Post a Comment